ad ad

खेल


क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

नेपालखबर
माघ ११, २०७८ मंगलबार ६:४८, काठमाडौँ

क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

सोमबार राति भएको अन्तिम १६ को खेलमा जित हात पार्दै यी दुई टोलीले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। 

सोमबार भएको खेलमा क्यामरुनले कोमोरसलाई २–१ गोलले हराएको हो।

खेलको ७ औं मिनेटमा नै कोमोरस १० खेलाडीमा सीमित भएको थियो। त्यसैको फाइदा उठाउँदै क्यामरुनले कोमोरसमाथि जित हात पारेको हो। 

त्यस्तै अर्को खेलमा गाम्बियाले गिनीलाई १–० गोल अन्तरले पराजित गर्‍यो। यससँगै गाम्बियाले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .