ad ad

खेल


क्यामरुनमा फुटबल रंगशालाअघि धकेलाधकेल, कम्तीमा ६ जनाको मृत्यु

क्यामरुनमा फुटबल रंगशालाअघि धकेलाधकेल, कम्तीमा ६ जनाको मृत्यु

नेपालखबर
माघ ११, २०७८ मंगलबार ६:३७, काठमाडौँ

क्यामरुनमा अफ्रिका कप अफ नेसन्सको खेल हेर्न पुगेका मानिसहरुबीच धकेलाधकेल हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार उक्त घटनामा परी दर्जनभन्दा धेरै मानिसहरु घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरुमा राजधानी याउन्डेनजिकै रहेको पाउल यिबा स्टेडियममा प्रवेशको लागि तँछाडमछाड गरिरहेको देख्न सकिन्छ।

क्यामरुनको सेन्ट्रल रिजनका गभर्नर नासेरी पाउल बियाले यो घटनामा मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्ने बताए। 

घटनामा धेरै बालबालिकाहरु घाइते भएको अर्को एक समाचारमा उल्लेख गरिएको छ। उक्त रंगशाला ६० हजार दर्शक क्षमताको छ।

यद्यपि कोभिड–१९ को प्रतिबन्धको कारण रंगशालामा ८० प्रतिशतभन्दा धेरै मानिस नराख्ने निर्णय गरिएको थियो। खेलका अधिकारीहरुले दिएको जानकारीअनुसार रंगशालामा ५० हजार मानिसहरु प्रवेश गर्न चाहन्थे।

घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय चिकित्सकले बताएका छन्। अफ्रिकी फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै अहिले घटनाबारे अनुसन्धान भइरहेको  के भएको हो भन्ने विषयमा जानकारी लिने काम भइरहेको बताएको छ। 

बाहिर धकेलाधकेल भएर अवस्था तनावग्रस्त भए पनि भित्र क्यामरुन र कोमोरसबीचको खेल भने सम्पन्न भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .