ad ad

खेल


भारतविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’

भारतविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’

नेपालखबर
माघ १०, २०७८ सोमबार ७:५०, काठमाडौँ

भारतविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले ‘क्लिन स्वीप’ गरेको छ।

आइतबार भएको तेस्रो एकदिवसीयमा ४ रनको रोमाञ्चक जित हात पार्दै ‘क्लिन स्वीप’ गरेको हो। 

आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले जितको लागि २८८ रनको लक्ष्य दिएको थियो।

पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २८७ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले सबैभन्दा धेरै १२४ रन बनाए भने रासी भान डेर डुसेनले ५२ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको भारतले ४९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २८३ रन मात्र बनायो।

भारतका लागि शिखर धावनले ६१ तथा विराट कोहलीले ६५ रन बनाए। त्यस्तै दीपक चाहरले पनि ५४ रनको पाली खेले। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .