ad ad

खेल


क्रिस्टल प्यालेसमाथि लिभरपुलको महत्वपूर्ण जित

क्रिस्टल प्यालेसमाथि लिभरपुलको महत्वपूर्ण जित

नेपालखबर
माघ १०, २०७८ सोमबार ७:२६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ३–१ को महत्वपूर्ण जित हात पारेको छ।

यसअघि समूहको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले अंक गुमाएको थियो। 

आइतबार भएको खेलको आठौं मिनेटमा गोल गर्दै लिभरपुलले पहिलो हाफमा नै २–० को अग्रता लिएको थियो।

दोस्रो हाफको ५५ औं मिनेटमा क्रिस्टल प्यालेसले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो तर खेलको ८९ औं मिनेटमा लिभरपुलका फाबिन्होले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए। 

यससँगै लिभरपुलले २२ खेलबाट ४८ अंक हात पारेको छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २३ खेलबाट ५७ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .