ad ad

खेल


तीन सातामा चेल्सीसँग तेस्रोपटक हार्‍यो टोटनह्याम

तीन सातामा चेल्सीसँग तेस्रोपटक हार्‍यो टोटनह्याम

नेपालखबर
माघ १०, २०७८ सोमबार ७:४, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले टोटनह्याममाथि २–० गोल अन्तरको जित हात पारेको छ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा चेल्सीका हाकिम जियेचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। 

खेलको ५५ औं मिनेटमा थिएगो सिल्भाले अर्को गोल थप्दै अग्रता दोब्बर पारे।

खेलको थप गोल हुन सकेन र चेल्सी विजयी भयो। चेल्सीले पछिल्लो तीन सातामा तेस्रोपटक टोटनह्यामलाई हराएको छ। 

यसअघि कारबाओ कपको दुवै लेगमा टोटनह्याम चेल्सीसँग पराजित भएको थियो। 

यससँगै चेल्सीले लिगमा २४ खेलबाट ४७ अंक हात पारेको छ।

लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २३ खेलबाट ५७ अंक छ भने लिभरपुलले २२ खेलबाट ४८ अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .