स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एलाभेसमाथि १–० गोल अन्तरलेको जित हात पारेको छ।
बार्सिलोनालाई जित दिलाउन खेलको ८७ औं मिनेटमा फ्रेन्की डि जोङले निर्णायक गोल गरे।
गत साता लगातार महत्वपूर्ण खेलमा पराजित भएको बार्सिलोनाले ला लिगामा भने जित हात पारेको हो।
गत साता स्पेनिस सुपर कपमा बार्सिलोना रियल मड्रिडसँग पराजित भएको थियो। कोपा डेल रेमा पनि एथ्लेटिक बिल्बाओसँग पराजित भएको थियो।
यससँगै बार्सिलोना लिगको पाँचौं स्थानमा उक्लिएको छ। बार्सिलोनाले लिगमा २१ खेलबाट ३५ अंक हात पारेको छ।
लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २२ खेलबाट ५० अंक हात पारेको छ।
39
Shares
प्रतिक्रिया