ad ad

खेल


बेइजिङ शीतकालीन ओलम्पिक मसाल यात्राको रुट सार्वजनिक

बेइजिङ शीतकालीन ओलम्पिक मसाल यात्राको रुट सार्वजनिक

नेपालखबर
माघ ८, २०७८ शनिबार ८:१, काठमाडौँ

आगामी महिना हुने बेइजिङ शीतकालीन ओलम्पिकको मसाल यात्राको रुट सार्वजनिक गरिएकाे छ।

आयोजकले शुक्रबार उक्त मसाल यात्राको मिति र रुट सार्वजनिक गरेका हुन्।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार यो मसाल यात्रा फेब्रुअरी २ देखि ४ सम्म चल्नेछ। यो यात्रा बेइजिङको प्रतियोगिता हुने तीन क्षेत्र, याङछियाङ जिल्ला र हेबेई प्रान्तको झाङजियाकोउसम्म मसाल यात्रा गरिनेछ। 

यात्रामा ग्रेट वालकाे बडलिङ सेक्सनदेखि निहेवान रुइन क्षेत्र, फुलोङ स्कि रिसोर्ट र समर प्यालेससम्मको क्षेत्र समेटिने छन्। 

ओलम्पिक मसाल गत वर्ष अक्टोबरमा चीन आइपुगेको थियो।

बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिकको मसाल भित्र्याउने पहिलो सहर बनेको थियो।

यसअघि सन् २००८ मा बेइजिङमा ग्रीष्मकालीन ओलम्पिक आयोजना भएको थियो। यसपटक कोभिड–१९ को महामारीको कारण ओलम्पिक मसाल यात्राको समय तथा रुट पनि छोट्याइएको छ। 

आयोजकको योजना अनुसार मसाल यात्रा बेइजिङ ओलम्पिक फरेस्ट पार्कबाट सुरु हुनेछ।

करिब १२ सय जना यात्रामा सहभागी हुनेछन्। यसपटकको ओलम्पिक मसाल यात्रामा रोबोट र स्वचालित सवारीसाधनको प्रयोग हुने आयोजकले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .