ad ad

खेल


भारतविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको कब्जा

भारतविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको कब्जा

नेपालखबर
माघ ८, २०७८ शनिबार ६:३३, काठमाडौँ

भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा दक्षिण अफ्रिकाले कब्जा जमाएको छ।

शुक्रबार भएको दोस्रो एक दिवसीयमा पनि घरेलु टोलीले जित हात पारेको हो। शुक्रबार दक्षिण अफ्रिकाले ७ विकेटको जित हात पारेको हो। 

पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनाएको थियो।

भारतका लागि रिषभ पन्तले ८५ रन बनाए भने कप्तान केएल राहुलले ५५ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाको लागि ओपनर जोडी जानेमान मलानले ९१ र क्विन्टन डि ककले ७८ रन बनाए।

कप्तान टेम्बा बभुमाले ३५ र एइडन मार्करम र रासी भान डेर डुसेनले अविजित ३७ रन बनाउँदै ११ बल बाँकी छँदै टोलीलाई जित दिलाएका हुन्। 

यससँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ। पहिलो खेलमा पनि दक्षिण अफ्रिकाले भारतमाथि ३१ रनको जित हात पारेको थियो।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .