ad ad

खेल


बेइजिङ शीतकालीन ओलम्पिकः आम नागरिकले टिकट नपाउने

बेइजिङ शीतकालीन ओलम्पिकः आम नागरिकले टिकट नपाउने

नेपालखबर
माघ ४, २०७८ मंगलबार ८:१२, काठमाडौँ

चीनको बेइजिङमा फेब्रुअरीमा हुन गइरहेको शीतकालीन ओलम्पिकमा आम नागरिकले टिकट नपाउने भएका छन्।

चिनियाँ राजधानी सहर बेइजिङको कोभिड–१९ नियन्त्रणको नीतिअनुसार आम नागरिकलाई शीतकालीन ओलम्पिकको लागि टिकट नदिइने आयोजकहरूले बताएका छन्। 

यसअघि नै आयोजकले कुनै पनि अन्तर्राष्ट्रिय दर्शकहरुलाई खेल हेर्ने अनुमति नदिइने बताइसकेको थियो।

यद्यपि घरेलु दर्शकले भने खेल हेर्न पाउने आयोजकले बताएको थियो। अब भने आमन्त्रित दर्शकको समूहलाई मात्र टिकट दिइने आयोजकले बताएको छ। 

शीतकालीन ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ सहरमा हुँदै छ।

त्यस्तै शीतकालीन पारालम्पिक खेल पनि मार्च ४ देखि सुरु हुनेछ। आइतबार चीनमा २२३ नयाँ संक्रमित थपिएका थिए।

त्यससँगै आयोजकले प्रतियोगिताको नियम पनि परिवर्तन गरेका हुन्। 

दर्शकहरुको छनोट आधिकारिक संगठनहरुबाट गरिनेछ र उनीहरुले पनि कडाइको साथ कोरोना नियन्त्रणको मापदण्डहरु पालना गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .