बार्सिलोना तथा स्पेनकी एलेक्सिया पुटेलास सन् २०२१ को उत्कृष्ट फिफा महिला वर्ष खेलाडी बनेकी छिन्।
विश्व फुटबलमा सबैभन्दा धेरै व्यक्तिगत अवार्ड पाएकी २७ वर्षीया पुटेलासले गत नोभेम्बरमा बालोन डे’ओरको उपाधि पनि जितेकी थिइन्।
महिला उत्कृष्ट प्रशिक्षकको उपाधि चेल्सीकी एम्मा हायेसले जितिन्।
कस–कसले जिते फिफा अवार्ड?
फिफा पुरुष वर्ष खेलाडीः रोबर्ट लेवान्डोस्की
फिफा उत्कृष्ट पुरुष प्रशिक्षकः थोमस टुचेल
फिफा उत्कृष्ट पुरुष गोलकिपरः एडुआर्ड मेन्डी
फिफा विशेष अवार्ड क्रिस्टियानो रोनाल्डो
फिफा महिला उत्कृष्ट खेलाडीः एलेक्सिया पुटेलास
फिफा उत्कृष्ट महिला प्रशिक्षकः एमा हायेस
फिफा उत्कृष्ट महिला गोलकिपरः क्रिस्टियन एन्डलर
फिफा विशेष अवार्डः क्रिस्टाइन सिन्क्लेइर
फिफा पुस्कस अवार्डः एरिक लामेला
फिफा फ्यान अवार्डः डेनमार्क र फिनल्याण्डका फ्यान
फिफा फेयर प्ले अवार्डः डेनमार्कको राष्ट्रिय टोली/डेनिस मेडिकल टिम र प्रशिक्षण कर्मचारी
Shares
प्रतिक्रिया