ad ad

खेल


क्रिकेट रंगशाला निर्माणमा एक पैसो अनियमितता भएको छैन : धुर्मुस-सुन्तली

क्रिकेट रंगशाला निर्माणमा एक पैसो अनियमितता भएको छैन : धुर्मुस-सुन्तली

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०७८ सोमबार १७:१८, काठमाडौँ

कलाकार एवम् सामाजिक अभियन्ता सीताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली'ले चितवनको क्रिकेट रंगशाला निर्माणमा अनियमितता नभएको दाबी गरेका छन्। 

उनीहरुले आफूहरुविरुद्ध अख्तियारमा उजुरी परेको भोलिपल्ट एक वक्तव्य निकाल्दै दाताहरुको रकम दुरुपयोग नभएको पनि स्पष्ट पारेका छन्। 

गौतम बुद्ध क्रिकेट स्टेडियम परियोजना निर्माणमा अनियमितता भएको भन्दै आइतवार मात्रै अख्तियारमा उजुरी परेको छ। 

दुवैले धुर्मुस-सुन्तली फाउण्डेशनको नाममा एक विज्ञप्ति सार्वजनिक गर्दै त्यस परियोजनामा अनियमितता र गलत कार्यको कुनै गुञ्जायस नै नरहेको बताएका छन्। 

'सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौँ', उनीहरुले भनेका छन्, 'परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त पार्न चाहन्छौँ।'

उनीहरुले रंगशाला निर्माणलाई कोरोना महामारी र अन्य समस्याले रोकेको पनि बताए। 

'त्यसका बावजुद पनि रंगशाला निर्माण निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो चुनौतीपूर्ण बन्दै गयो। अपेक्षित  जनसहयोग जुट्न सकेन', उनीहरुले भनेका छन्, 'विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि निर्माण कार्य स्थगित गर्न बाध्य हुनुपर्यो।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .