ad ad

खेल


क्यानले पूर्वसचिव प्याकुरेलकै सदस्यता नवीकरण गरिदिएन

भन्छन् : क्यानलाई सुधारेर ल्यायौँ तर पुरानै रोग देखियो
क्यानले पूर्वसचिव प्याकुरेलकै सदस्यता नवीकरण गरिदिएन

नेपालखबर
माघ ३, २०७८ सोमबार १७:९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना पूर्व सचिव अशोकनाथ प्याकुरेलकै सदस्यता नवीकरण गर्न अस्वीकार गरेको छ।

नयाँ नेतृत्वका लागि तयारी भइरहेका बेला बर्दिया क्रिकेट संघले पूर्व सचिव प्याकुरेलको सदस्यता नवीकरण नगरी दिएको हो। 

'नवीकरणका लागि मैले जिल्लालाई बेलैमा खबर गरेको थिएँ। अध्यक्षलाई कयौँ पटक फोन पनि गरेको हो। निवेदन पठाइसकेपछि पनि किन नवीकरण गरेन? म आफैं चकित छु', उनले भने, 'पदाधिकारी भएर यत्रो वर्ष बसेको मानिसलाई त सदस्यता नवीकरणमा यो समस्या छ। यो देखेपछि विधानअनुसार क्यान कति काम गर्न चाहन्छ? प्रष्ट भएको छ।'

उनले क्यानमा केही व्यक्ति विशेषको मनपरीले समस्या भएकाले नै विधानलाई बलियो बनाएको पनि बताए। 'व्यक्ति विशेषले मनपरी गर्दा नै विधान शक्तिशाली बनाएका हौँ। व्यक्ति व्यक्तिलाई हेरेर काम गर्ने क्रिकेट संघले कसरी सबैलाई समेट्ला', उनले भने, 'सयौँ पटक अध्यक्षलाई सम्पर्क गर्दा पनि टार्छन्। यो त पारदर्शी भएन। नवीकरणबारे नवीकरण गर्न जिल्लाले दिएको समयमा निवेदन दिएको थिएँ। तर मुखले गर्छु भन्ने कामले नगर्ने गरे।'

प्याकुरेलले क्यानमा आफ्नो मान्छेलाई दिने अरुलाई नदिने अवस्था आएको बताए। 

'यो त विधानको उलंघन भयो नि। आइसीसीले सदस्यता दिनुपर्छ भनेर छानबिन गरेर हामीलाई दिएको हो', उनले भने, 'नवीकरण सकिएकाले हामी क्यानमा गएका हौँ। नवीकरण गरिदिँदैन भने क्रिकेट संघको नियत गलत छ। मन लागेको मान्छेलाई गर्ने तर मन नलागेकोलाई नगर्ने अपरादर्शी भयो।' 

उनले क्यानलाई सुधारेर यहाँसम्म ल्याए पनि फेरि पुरानै रोग देखिएको बताए। 'म त केन्द्रीय सचिव भइसकेको मान्छे हो। सदस्यता नवीकरण गरिपाऊँ भन्दा पनि सकिएन', उनले भने, 'क्यानले फेरि पनि बाटो बिराउने देखियो।' 

उता सिराहा जिल्लाका १२ खेलाडीले जिल्ला क्रिकेट संघका अध्यक्ष सुनिलकुमार महासेठले मनोमानी गरेको भन्दै उजुरी दिएका छन्। 

कार्यसमितिमा योग्यता नभएका व्यक्तिहरुलाई सदस्यता वितरण गरी मनोमानी ढङ्गले निर्वाचित गराएको आरोप लगाउँदै  पुस २८ गते महासेठले वितरण गरेको सदस्यताको छानविनका लागि  निवेदन परेपछि निर्वाचन नै रोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .