ad ad

खेल


एएफसी कप छनोटमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

एएफसी कप छनोटमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

नेपालखबर
माघ ३, २०७८ सोमबार १६:१९, काठमाडौँ

ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले एशियाली फुटबल प्रतियोगिता (एएफसी) कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्टस् क्लबसँग खेल्ने भएको छ। 

सोमबार भएको एएफसी कप छनोटको ड्र मा नेपालको मछिन्द्र क्लबले श्रीलंकाको टोलीसँग खेल्ने भएको हो। 

मछिन्द्र र ब्लु स्टारबीचको खेल आगामी चैत २२ गते हुने तालिका छ। मछिन्द्र र श्रीलंकाको ब्लु स्टार स्पोर्टस् क्लबबीचको विजेता भारतको एटिके मोहन बगानसँग खेल्नेछ।  

लिगमा एक मात्र अपराजित टोली मछिन्द्रले लिगको सातौँ चरणसम्म शीर्ष स्थानमा रहेर एफसी कप खेल्ने मौका पाएको हो।

एफसी कपमा यसअघि लिगको शीर्ष स्थानमा रहने टोलीले खेल्ने भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहमा सातौँ चरणसम्म शीर्ष स्थानमा रहने टोलीले छनोट खेल्न पाएको हो।

सोही अुनसार मछिन्द्रले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो। 

गतवर्ष लिग च्याम्पियन बनेर मछिन्द्रले छनोट खेल्ने मौका पाएपनि क्लब लाइसेन्स नभएको कारण खेल्न पाएको थिएन। मछिन्द्रसँग क्लब लाईसेन्स नभएपछि मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी फुटबल क्लबले छनोट खेल्ने मौका पाएको थियो। 

नवौँ चरणसम्मको खेलमा मछिन्द्र ९ खेलबाट २३ अंक बनाएर शीर्ष स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .