ad ad

खेल


पकेट खर्च कटौती ​गरिएकोमा संगीना र दीपकको ध्यानाकर्षण

पकेट खर्च कटौती ​गरिएकोमा संगीना र दीपकको ध्यानाकर्षण

नेपालखबर
माघ ३, २०७८ सोमबार १२:३९, काठमाडौँ

ओलम्पियन दीपक विष्ट र संगीना वैद्यले नेपाल तेक्वान्दो संघले आफूहरुलाई सम्मान स्वरुप दिदैँ आएको पकेट खर्च कटौती भएकोमा ध्यानाकर्षण भएको जनाएका छन्। 

ओलम्पिकमा छनोट भएदेखि नेपाल तेक्वान्दो संघले दुई खेलाडीलाई सम्मान स्वरुप मासिक दुई हजार रुपैयाँ प्रदान गर्दै आएको थियो। 

तर २०७८ मंसिर २७ गते संघले एक्कासी गरेको निर्णयले खेल जीवनबाट सन्यास लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकको पदमा कार्यरत रहेकाले पुष महिनाबाट सम्मान स्वरुप दिएको पकेट खर्च बन्द गरिने पत्रले हामीले दुखित हुनुका साथै आत्मसम्मानमा ठेस पुगेको महसुस गरेका छौँ’ ध्यानाकर्षण पत्रका उल्लेख गरिएको छ। 

पत्रमा लेखिएको छ, ‘त्यसले नयाँ पुस्ताका खेलाडीमा जाने सन्देशका विषयमा संघले ध्यान दिनुपर्ने हामीले महसुस गरेका छौं। हामीलाई दिदै आएको सम्मानको पकेट खर्च प्रशिक्षणरत राष्ट्रिय खेलाडीलाई उपलब्ध गराउने निर्णय गरिएको भन्ने संघको पत्रमा उल्लेख छ। उक्त निर्णयको हामी हृदयदेखि स्वागत र खुशी व्यक्त गर्न चाहन्छौं। तर, नेपाली खेलकुदले नै उच्च सम्मानका साथ हेरिएको ओलम्पिक छनोट भएका खेलाडीको सम्मान रकम काटेर अन्य खेलाडीलाई उपलब्ध गराउँछौँ भन्ने निर्णय कत्तिको जायज हुन्छ ?’

‘ सम्भव भएसम्म सबै पदक विजेता राष्ट्रिय खेलाडीलाई पकेट खर्च उपलब्ध संघले गराउनुपर्छ। दुई दशक भन्दा लामो समयदेखि तेक्वान्दोमार्फत देशको गौरव बढाउनका लागि हामीले गरेको योगदानको कदर स्वरुप संघले प्रदान गर्दै आइरहेको पकेट खर्च काट्ने निर्णय गर्दा कम्तीमा एक पटक संघले हामीसँग सल्लाह गरेको भए हामीले सहमति जनाउने थियौं होला। आफ्नो अभिभावक संस्थाले पुराना खेलाडीको जगेर्ना र नयाँ खेलाडी हरुलाई प्रोत्साहन नगरे कसले गर्छ? सम्मान कटौती गरेर भन्दा श्रोत जुटाएर राष्ट्रिय टोलीका खेलाडीलाई व्यवस्था गर्नुपर्दछ भन्ने हाम्रो सुझाव छ। स्मरण रहोस हामीले सक्रिय खेलाडीबाट सन्यास लिएको दशक भन्दा भइसकेको छ। तेक्वान्दो खेलको वृद्धि र विकासका लागि अन्तिम समयसम्म लागी पर्ने प्रतिवद्धता जनाउदै आज हामी जहाँ छौं जे छौं तेक्वान्दो परिवारका कारण छौं’, पत्रमा भनिएको छ।

संगीना वैद्यले एथेन्स ओलम्पिकका २००४ र दीपक विष्टले बेइजिङ ओलम्पिक २००८ मा भाग लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .