ad ad

खेल


युवा फुटबल विकासका लागि एन्फाले साउदी अरेबियन फुटबल फेडेरेसनसँग गर्‍यो समझदारी

युवा फुटबल विकासका लागि एन्फाले साउदी अरेबियन फुटबल फेडेरेसनसँग गर्‍यो समझदारी

दुईपक्षबीच समझदारीपत्रमा हस्ताक्षर हुँदै। तस्बिर : एन्फा


नेपालखबर
माघ ३, २०७८ सोमबार १२:११, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियाली फुटबल महासंघ (साफ)बीच फुटबल विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

दुईदेशीय फुटबल निकायबीच फुटबल विकासका धेरै पक्षमा सहकार्य गर्ने गरी दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

एन्फा अध्यक्षव कर्माछिरिङ शेर्पा र साफ अध्यक्ष यासिर अलमिसेहालले आइतबार साउदरी अरेबियामा समझदारीपत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ। 

समझदारीअनुसार दुवै पक्षले फुटबलसम्बन्धी एकअर्कालाई निमन्त्रणा र भ्रमण गर्नेछन्। यसबाहेक दुई देशले १७ वर्षमुनिका, २० वर्षमुनिका र २३ वर्षमुनिका उमेरसमूहको ट्रेनिङ क्याम्प र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नेछन्।

त्यस्तै रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर स्किल र दुवै देशमा सञ्चालन हुने प्रतिस्पर्धामा रेफ्री नियुक्त गर्ने समझदारी भएको छ। 

त्यस्तै धेरै प्रकारका कार्यशाला, बैठक र सेमिनार गरी युवा फुटबल विकासमा स्रोतहरुको विकासमा सहयोग आदानप्रदान गर्ने समझदारी भएको छ। 

एन्फा अध्यक्ष शेर्पा अहिले साउदी अरेबियामा छन्। उनले एफसीका महासचिव डाटो विन्डसोर जोन र डेपुटी जनरल सेक्रेटरी वाहिल कार्दनीलाई शनिबार भेट गरेका थिए। त्यो बैठकमा एन्फालाई प्राविधिक सहयोग पुनः खुलाउनेबारे सहमति भएको थियो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .