खेल


ए डिभिजन लिगः आज नवौं चरणको अन्तिम खेल हुँदै

ए डिभिजन लिगः आज नवौं चरणको अन्तिम खेल हुँदै

नेपालखबर
माघ ३, २०७८ सोमबार ८:३३, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार नवौं चरणको अन्तिम खेल हुँदै छ।

सोमबार दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा न्युरोड टिम (एनआरटी) र  जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

अहिलेसम्म लिगमा एनआरटीले ८ मध्ये २ खेलमा जित र ४ खेलमा बराबरीसहित १० अंक हात पारेको छ।

त्यस्तै जावलाखेलले २ खेलमा जित र २ मा बराबरीसहित ८ अंक जोडेको छ।0

नवौं चरणमा च्यासल र पुलिसबीचको खेल भने च्यासलका खेलाडीहरुमा कोरोना संक्रमण देखिएसँगै स्थगित भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad