ad ad

खेल


रियलले १२ औं पटक जित्यो स्पेनिस सुपर कपको उपाधि

रियलले १२ औं पटक जित्यो स्पेनिस सुपर कपको उपाधि

नेपालखबर
माघ ३, २०७८ सोमबार ७:३३, काठमाडौँ

रियल मड्रिडले १२ औं पटक स्पेनिस सुपर कपको उपाधि जितेको छ।

आइतबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो। 

रियललाई जित दिलाउने क्रममा लुका मोड्रिच र करिम बेन्जेमाले एक/एक गोल गरेका थिए।

खेलको ३८ औं मिनेटमा गोल गर्दै मोड्रिचले टोलीलाई अग्रता दिलाएका थिए। खेलको ५२ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत् गोल थप्दै आग्रता दोब्बर पारे। 

खेलेको ८७ औं मिनेटमा रियलका एडर मिलिटाओले बललाई हातले रोक्ने प्रयास गरेसँगै उनलाई रातो कार्ड दिइएको थियो भने एथ्लेटिक बिल्बाओले पेनाल्टी पाएको थियो।

तर, उसले यसको फाइदा भने उठाउन सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .