ad ad

खेल


चेल्सीलाई हराउँदै लामो समयपछि लिभरपुल उक्लियो दोस्रो स्थानमा

चेल्सीलाई हराउँदै लामो समयपछि लिभरपुल उक्लियो दोस्रो स्थानमा

नेपालखबर
माघ ३, २०७८ सोमबार ७:२०, काठमाडौँ

लन्डन क्लब चेल्सीलाई हराउँदै मर्सिसाइड क्लब लिभरपुल लामो समयपछि इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ। 

आइतबार राति घरेलु मैदानमा भएको प्रतिस्पर्धामा ब्रेन्टफर्डलाई ३–० गोल अन्तरले जित्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।

योसँगै एक खेल कम खेलेको लिभरपुलले चेल्सीलाई २ अंकले पछि पारेको छ भने शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ११ मा छोट्याएको छ।

आइतबार रातिको खेलमा ४४औं मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले ट्रेन्ड एलेक्सान्डर अर्नोल्डको पासमा गोल गरेका थिए। 

यसपछि ६९औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले लिभरपुलका लागि अर्काे गोल थपे।  उनले एन्ड्रिउ रोबर्टसनको पासको मद्दतबाट गोल गरेका थिए। यसैगरी ७७औं मिनेटमा रोबर्टो फिर्मिनोको पासमा ताकुमी मिनामिनोले गोल गरेपछि लिभरपुल ३–० को जित हासिल गर्न सफल भएको हो। 

जितसँगै लिभरपुलले ४५ अंक बनाएको छ। चेल्सीको ४३ तथा शीर्षस्थानको सिटीको ५६ अंक छन्।  पराजित ब्रेन्टफर्ड २३ अंकका साथ १४औंं स्थानमा छ। 

प्रिमियर लिगअन्तर्गत अर्को खेलमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ गोलअन्तरले हराएको छ। ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेड विजयी भएको हो।  ह्यारीनले ६० मिनेटभित्र ह्याट्रिक गवरेका थिए। 

उता वेस्ट ह्यामका जारोड वोवेन र पाब्लो फोर्नाल्सले एक एक गोल गरे पनि टोलीको जित हुन सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .