ad ad

खेल


जोकोभिचलाई अष्ट्रेलियाले फर्कायो स्वदेश

जोकोभिचलाई अष्ट्रेलियाले फर्कायो स्वदेश

नेपालखबर
माघ ३, २०७८ सोमबार ७:१९, काठमाडौँ

टेनिस स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले स्वदेश फिर्ता पठाएको छ।

आइतबार अष्ट्रेलियाको अदालतले भिसा नदिने सरकारको निर्णयको पक्षमा फैसला सुनाएसँगै जोकोभिचलाई स्वदेश फिर्ता पठाइएको हो। 

अष्ट्रेलियाको नियमअनुसार कोभिड–१९ विरुद्धको खोप लगाएका मानिस मात्र मुलुकमा आउन पाउँछन्। तर, जोकोभिचले भने खोप लगाएका छैनन्।

उनले खोपको विरोध गर्दै आएका थिए। साथै खोप नलगाएका मानिसलाई दिइने विभिन्न छूटको मापदण्डमा पनि उनी नपरेपछि उनलाई स्वदेश फिर्ता पठाइएको अष्ट्रेलियाले बताएको छ। 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अदालतको फैसलाको स्वागत गरेका छन्। यसले अष्ट्रेलियाका नागरिकलाई सुरक्षित राख्न सहयोग पुर्‍याउने उनको भनाइ छ।

यसअघि सर्वियाका जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।  

यद्यपि अदालतले जोकोभिचको दाबी अवैध र तर्कसंगत नभएको भन्दै उनलाई स्वदेश फिर्ता पठाउनुपर्ने फैसला सुनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .