ad ad

खेल


टी-२० क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम तेस्रो, लुम्बिनी चौथो स्थानमा

टी-२० क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम तेस्रो, लुम्बिनी चौथो स्थानमा

नेपालखबर
माघ २, २०७८ आइतबार १६:४९, काठमाडौँ

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशले काठमाडौमा जारी प्रधानमन्त्री टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेका छन्। 

आइतबार भएको समुह ए को खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै तेस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको हो। 

प्रदेश १ ले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ दशमलव १ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। 

त्यसअघि पहिले  ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार पारेको थियो। 

आजै भएको समूह बी को अर्को खेलमा देव खनालको विष्फोटक ब्याटिङमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै चौथो स्थानमा रहेर प्रतियोगिता सकाएको हो।

गण्डकीले दिएको १ सय ५ रनको लक्ष्य लुम्बिनीले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।  लुम्बिनीका देव खनालले २६ बलमा १० चौका १ छक्का हान्दै ५६ रनको महत्वपुर्ण योगदान दिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकी १९ दशमलव १ ओभरमा १ सय ४ रन जोड्दा अलआउट भयो। गण्डकी जित बिहिन रुपमा पुछारमा रहेर प्रतियोगिता सकाएको हो। 

समूह बी बाट नेपाल एपीएफ र बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। 

समूह ए बाट नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबले अन्तिम ४ मा स्थान बनाइसकेका छन्। समुह चरणको अन्तिम खेलमा भोलि पुलिस क्लब र प्रदेश १ भिड्नेछन्।

यी दुई टोलीबीचको खेल शनिबारका लागि तोकिए पनि प्रदेश १ का खेलाडीमा कोरोना सक्रमण देखिएपछि स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .