ad ad

खेल


बागमती पीएम कपको सेमिफाइनलमा

बागमती पीएम कपको सेमिफाइनलमा

नेपालखबर
माघ १, २०७८ शनिबार १७:३९, काठमाडौँ

गण्डकी प्रदेशलाई पराजित गर्दै बागमति प्रदेश  प्रधानमन्त्री कप(पीएम) टी–२० राष्ट्रिय प्रतियोगिताको अन्तिम ४ मा पुगेको छ। 

शनिबार भएको खेलमा बागमतिले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हा। बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै अन्तिम ४ मा  पुगेको हो। 

बागमतिले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रनमात्र बनाउन सक्यो। 

कमल परियारले जोडेको ११ रन नै गण्डकीका लागि सर्वाधिक रह्यो। विधान श्रेष्ठ, दीपक डम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन जोडे। 

बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले २–२ विकेट लिए। 

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको थियो। 

बागमतीका विपिन आचार्यले सर्वाधिक ३० रन बनाए। प्रतिश जि.सीले २७ रन थपे। उनले ८ बलमा ३ छक्का र २ चौका प्रहार गरे। ओपनर सुवास खकुरेल २७ रन जोडे। 

गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान २ विकेट लिए। 

समूह बी बाट एपिएफ ४ खेलमा अपराजित रहँदै अन्तिा ४ मा पुगिसकेको छ। समूह ए मा रहेको पुलिस ३ खेलमा अपराजित रहँदै ६ अंकमा समुह विजेता बन्दै अन्तिम ४ मा पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .