खेल


प्रधानमन्त्री कप क्रिकेटः आज चार खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटः आज चार खेल हुँदै

नेपालखबर
पुस २९, २०७८ बिहिबार ७:३७, काठमाडौँ

प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत बिहीबार चार खेल हुँदै छन्। बिहीबार हुने पहिलो खेलमा कीर्तिपुरस्थित टीयू मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

कर्णालीले २ मध्ये १ खेलमा जित हात पारेको छ भने सुदूरपश्चिमले १ खेल मात्रै खेलेको छ र आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ।

त्यस्तै मूलपानी क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।

आर्मीले पनि दुईमध्ये १ खेल जितेको छ भने प्रदेश १ ले एउटा मात्र खेल खेलेको छ र त्यसमा उसले पराजयको सामना गरेको थियो। 

त्यस्तै टीयू मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रदेश २ ले २ खेलमध्ये १ मा जित हात पारेको छ भने आफ्नो पहिलो खेलमा हारको सामना गरेको लुम्बिनीले आज दोस्रो खेल खेल्न लागेको हो। 

मूलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

एपीएफले यसअघिका दुवै खेलमा जित हात पारेको छ भने दोस्रो खेल खेल्न लागेको गण्डकीले पहिलो खेलमा पराजयको सामना गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad