ad ad

खेल


सर्वाधिक राशीको ‘केटीएम रन’ माघ १५ गते, दर्ता खुला

सर्वाधिक राशीको ‘केटीएम रन’ माघ १५ गते, दर्ता खुला

नेपालखबर
पुस २७, २०७८ मंगलबार २०:६, काठमाडौँ

सर्वाधिक पुरस्कार राशीको केटीएम रनको दर्ता आज (मंगलबार)बाट खुला गरिएको छ।

शेर्पा आउटडोरको केटीएम सिटीले माघ १५ (जनवरी २९)मा आयोजना गर्न लागेको केटीएम रनको खेलाडी दर्ता आजबाट खुला गरिएको हो। आयोजक केटीएम सिटीले अनलाइनमार्फत आजबाट खेलाडी दर्ता गर्न सकिने जनाएको छ। केटीएम रन डट कममा गएर खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। 

केटीएम सिटीको आउटलेट रहेका दरबारमार्ग, ठमेल, जावलाखेल, बौद्ध र पुरानो बानेश्वरमा समेत खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। खेलाडीको दर्ता शुल्क ९ सय ९० रुपैयाँ राखिएको छ।

दर्ता गरेसँगै खेलाडीले दौडमा लगाउनुपर्ने टिसर्ट सहित आवश्यक सामग्री प्राप्त गर्नेछन्। खेलाडी दर्ताको अन्तिम समय माघ १३ गते दिउँसो १ बजेसम्म रहेको छ। 

केटीएम रन पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको आयोजकले जनाएका छन्।

दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले गिफ्ट भौचर प्राप्त गर्नेछन्। 

केटीएम रनको रुट समेत निश्चित भैसकेको छ। दरबारमार्गबाट सुरु हुने दौड घण्टाघर, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, बानेश्वर हुँदै फर्किएर माइतिघर, थापाथली, त्रिपुरेश्वर, न्युरोड, जमल हुँदै पुनः दरबारमार्ग आएर समापन हुनेछ। 

राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक रहेको केटीएम सिटीले एथलेटिक्सको लामो दूरीको दौडलाई केन्द्रित गरेर केटीएम रन पहिलो पटक आयोजना गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .