खेल


टाइगर कप भलिबल : आर्मीको दोहोरो जित

टाइगर कप भलिबल : आर्मीको दोहोरो जित

नेपालखबर
पुस २७, २०७८ मंगलबार १७:४२, काठमाडौँ

टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सोमबार भएको खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन्। 

महिलातर्फ भने त्रिभुवन आर्मी र न्यू डायमण्डले जित निकालेका छन्। 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। पुलिसले गण्डमीमाथि २५–२२, २५–१८ र २५–२० को जित हात पारेको हो। 

दोस्रो खेलमा आर्मीले नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पाखा लगायो। आर्मीले एपीएफलाई २५–१६,२२–२५, २५–१५ र २५–२१ ले हरायो। 

आजै भएको महिलातर्फको खेलमा आर्मीले एपीएफलाई १८–२५, २५–१९, २५–२० र २५–१४ ले हरायो। न्यू डायमण्डले पोखरालाई २५–१९, २५–१३ र २५–१६ को सोझो सेटमा हरायो। 
१ माघसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५ टोलीे सहभागी छन्। 

प्रतियोगिताको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ।

सर्वोत्कष्ट खेलाडीले समान २५ हजार तथा विधागततर्फका विजेताले समान १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad