ad ad

खेल


प्रधानमन्त्री कपमा कर्णालीको पहिलो जित

प्रधानमन्त्री कपमा कर्णालीको पहिलो जित

नेपालखबर
पुस २७, २०७८ मंगलबार १२:४८, काठमाडौँ

कर्णाली प्रदेशले प्रधानमन्त्री कप टी–२० कप क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित निकालेको हो। 

कर्णाली प्रदेशले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १,  १७ दशमलव ५ ओभरमा ८९ रनमा अलआउट भयो। 

फिर्दोस अन्सारीले बनाएको २३ रन नै प्रदेश १ का लागि सर्वाधिक रह्यो। दिपेश कँडेल र श्रवण यादवले समान १५ तथा सिद्धान्त लोहनीले १४ रन बनाए। 

कर्णाली प्रदेशका अनुज चुनारा एक्लैले ४ विकेट झारे। ३.५ ओभर बलिङ गरेका अनुजले मात्र १६ रन खर्चे।  दिवान पुनले २ तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुवँरले समान एक विकेट लिए। 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रनको योगफल तयार पारेको हो। 

कप्तान रवीन्द्र शाहीले जोडेको ३६ रन नै सर्वाधिक हो। प्रकाश जैसीले २५ र राज शाहले १५, विपिन रावलले ११ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

प्रदेश १ का मुकुन्द यादवले ३, फिर्दोस अन्सारीले २ विकेट लिए। कमल खत्री र सिद्धान्त लोहनीले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .