ad ad

खेल


पहिलो दिन पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो

पहिलो दिन पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो

नेपालखबर
पुस २६, २०७८ सोमबार २१:५१, काठमाडौँ

काठमाडौंमा सुरु भएको खुला राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ। 

नेपाल गोजु काई कराँते डो संघको आयोजनामा सोमबारबाट सुरु प्रतियोगितामा बाँकी स्पर्धाको खेल मंगलबार हुनेछ। 

सोमबार पुरुषतर्फ ३० केजीमूनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजो) ले स्वर्ण जिते। उनले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो)लाई पराजित गरे। 

३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो)लाई हराएर अनायन मानन्धर (ठैब डोजो)ले स्वर्ण जिते। 

४० केजीमूनिमा रोजन तामाङ (शंखडोल एकेडेमी) ले स्वर्ण जित्दा अन्मेष थेवे (मित्रपार्क डोजो) रजत पक्का गरे। ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो)ले स्वर्ण र सुनील ठगुन्ना (साउथ भ्याली स्कुल) ले रजत जिते। 

५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी–हा कराँते)ले रजत प्राप्त गरे। 

महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा विलाशा पहारी (नागार्जुन डोजो) रजत प्राप्त गरिन्। 

३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो०ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो)ले रजत जत पाइन्। 

प्रतियोगितामा महिला र पुरुषको १०-१० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।  प्रतियोगितामा २० जिल्ला तथा डोजोहरुबाट २ सय ९ खेलाडी सहभागी छन्। 

प्रतियोगितामा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमसुनि, ६० केजीमुनि र ६० केजीमाथि खुल्ला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

कातातर्फ पुरुष र महिला टिम प्रतिस्पर्धा हुने प्रतियोगितामा यो पटक भेट्रान्स स्पर्धा पनि थप गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .