ad ad

खेल


आहा रारा गोल्डकप फुटबल माघ पहिलो सातादेखि हुने

आहा रारा गोल्डकप फुटबल माघ पहिलो सातादेखि हुने

नेपालखबर
पुस २६, २०७८ सोमबार १४:४२, काठमाडौँ

मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण माघ पहिलो सातादेखि हुने भएको छ। 

आयोजक सहारा क्लबले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ६ देखि १५ गतेसम्म हुने जानकारी दिएको हो। 

प्रतियोगितामा यो संस्करण ए डिभिजन लिगका ८ सहित आयोजक र एक विदेशी क्लब सहभागी हुनेछन्। 

यो पटक आयोजक सहारा क्लबसहित मछिन्द्र क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लव, थ्रीस्टार क्लब, त्रिधुवन आर्मी फुटबल क्लब, नेपाल एपीएफ फुटबल क्लब, मनाङ मस्र्याङदी क्लब र बीवाईएससी मिनेसोता, युएसए को टोली सहभागी हुने सहारा क्लबले जनाएको छ। 

प्रतियोगिता आयोजना गर्न १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने अपेक्षा गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए। 

प्रतियोगिताको बचत रकम सहारा फुटबल एकेडेमी सञ्चालन गर्न खर्च गरिदै आएको छ। एकेडेमीमा हाल तेस्रो व्याचको रुपमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन्। 

१९ औं आहा रारा गोल्डकप २०७७ को आयव्यय विवरण सार्वजनिक गर्न नसके पनि अहिलेसम्म कुल ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ ५७ पैसा आम्दानी र ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ २३ पैसा कुल खर्च र  जम्मा वचत रकम  १३ लाख ४९ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा रहेको महासचिव अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .