ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको जित

प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको जित

नेपालखबर
पुस २६, २०७८ सोमबार १३:४६, काठमाडौँ

प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत सोमबार भएको पहिलो दुई खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन्।

कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो भने मूलपानीमा भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको हो। 

कीर्तिपुरमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई जितको लागि ११७ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १४ ओभर ४ बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो। आर्मीका लागि जितेन्द्र मुखियाले चार विकेट लिए भने शुसन भारी र शहाब आलमले २/२ विकेट लिए। 

मूलपानीमा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन मात्र बनाएको थियो। पुलिसलाई रोक्ने क्रममा सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले समान ३/३ तथा शेर मल्लले २ विकेट लिएका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। पुलिसका आरिफ शेखले ४ विकेट लिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .