ad ad

खेल


एफए कपः तेस्रो चरणबाटै बाहिरियो आर्सनल

एफए कपः तेस्रो चरणबाटै बाहिरियो आर्सनल

नेपालखबर
पुस २६, २०७८ सोमबार ६:४८, काठमाडौँ

एफए कपअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल पराजित भएको छ।

आर्सनल तेस्रो चरणको खेलमा नटिंघम फरेस्टसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

आर्सनल पछिल्लो ४ वर्षमा यो टोलीबाट दुईपटक तेस्रो चरणमा नै पराजित भइसकेको छ। 

आइतबार राति भएको खेलमा नटिंघम फरेस्टलाई जित दिलाउन खेलको ८३ औं मिनेटमा लेविस ग्राब्बानले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

प्रतियोगिताबाट बाहिरिएसँगै आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले माफी मागेका छन्। उनले आफूहरुले राम्रो प्रदर्शन गर्न नसकेको र यसका लागि माफी माग्नुपर्ने बताएका छन्। 

उनले आर्सनलको प्रदर्शनबाट दुःखी भएको पनि उल्लेख गरेका छन्।

आइतबार राति भएको एफएकपको तेस्रो चरणको अन्य खेलमा वेस्ट ह्याम, वुल्भ्स, टोटनह्याम र लिभरपुलले भने आ–आफनो खेलमा जित हात पारेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .