ad ad

खेल


एफए कपमा टोटनह्याम र लिभरपुलको जित

एफए कपमा टोटनह्याम र लिभरपुलको जित

नेपालखबर
पुस २६, २०७८ सोमबार ६:३६, काठमाडौँ

आइतबार राति भएका एफए कपको आ–आफ्नो खेलमा टोटनह्याम र लिभरपुलले जित हात पारेका छन्।

कपको चौथो चरणमा प्रवेश गर्ने क्रममा टोटनह्यामले मोरक्याम्बेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो भने लिभरपुलले श्रेसबरीलाई ४–१ गोलले पराजित गर्‍यो। 

टोटनह्यामलाई जित दिलाउने क्रममा ह्यारी केन, लुकार मौरा र ह्यारी विंक्सले १/१ गोल गरे। 

लिभरपुलका लागि भने फाबिन्होले २ तथा फर्मिन्हो र काइडे गोर्डनले १÷१ गोल गरेका थिए। कोरोना संक्रमणको कारण लिभरपुलको टोलीमा ५ जना नयाँ खेलाडीहरु राखिएको थियो।

यद्यपि उनीहरुले टोलीलाई निकै महत्वपूर्ण जित दिलाएका हुन्। 

यसअघि लिभरपुलको टोलीमा कोरोना संक्रमण फैलिएसँगै आर्सनलसँगको कारबाओ कपको सेमिफाइनल खेल पनि स्थगित भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .