ad ad

खेल


ए डिभिजन लिगमा आर्मीको तेस्रो जित

ए डिभिजन लिगमा आर्मीको तेस्रो जित

नेपालखबर
पुस २४, २०७८ शनिबार १८:५२, काठमाडौँ

काठमाडौंमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले  तेस्रो जित हासिल गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको आठौं चरणको खेलमा आर्मीले एनआरटीलाई १–० गोलअन्तरले हराएको हो।  

पहिलो हाफमा १–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा राम्रो मौका बनाए पनि गोल गर्न सकेन। 

खेलको १७औं मिनेटमा दिनेश हेम्जनले गरेको गोल नै आर्मीका लागि निर्णायक बन्यो। जगजित श्रेष्ठको क्रसमा दिनेशले बललाई पोस्टको दिशा दिएका थिए।   

आर्मीले ८ खेलमा ३ जित, ५ मा बराबरीको नतिजा बनाउँदै १४ अंक बनाएको छ। संकटा क्लबसँग समान १४ अंक भए पनि गोलअन्तरमा संकटा तेस्रो र आर्मी चौथो स्थानमा छन्।  

आर्मीसँग पराजित एनआरटी भने १० अंकमा सातौं स्थानमा यथावत् छ। एनआरटीको भने ८ खेलमा २ जित, ४ मा बराबरी र २ खेलमा हार भएको छ। जारी लिगमा एनआरटीको यो दोस्रो हार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .