ad ad

खेल


ए डिभिजन लिगः आज ३ खेल हुँदै

ए डिभिजन लिगः आज ३ खेल हुँदै

नेपालखबर
पुस २४, २०७८ शनिबार ७:३८, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार आठौं चरणका तीन खेल हुँदै छन्।

शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा मछिन्द्र र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

लिगको शीर्षस्थानमा रहेको मछिन्द्रले यसअघिको ७ खेलमध्ये ५ खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकाल्दै १७ अंक हात पारेको छ भने लिगको पुछारमा रहेको फ्रेन्ड्स क्लबले केवल ३ खेलमा बराबरीसहित ३ अंक हात पारेको छ। 

दिउँसो २ बजे पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र च्यासल क्लबबीच खेल हुँदै छ।

लिगको दोस्रो स्थानमा रहेको मनाङले ७ मध्ये ५ खेलमा जित र १ खेलमा बराबरीसहित १६ अंक हात पारेको छ भने च्यासलले १ खेलमा जित र २ मा बराबरीसहित ५ अंक हात पारेको छ। 

पौने पाँच बजे दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

एनआरटीले ७ मध्ये २ खेलमा जित र ४ मा बराबरीसहित १० अंक हात पारेको छ। आर्मीले भने २ खेलमा जित र ५ बराबरीसहित ११ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .