अष्ट्रेलियाले शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिकको भिसा रद्द गरेको छ। जोकोभिकले नाटकीयरुपमा आफ्नो भिसा रद्द भएको बताएका हुन्।
मेलवर्न आएपुगेका जोकोभिक केही घण्टा एयरपोर्टमा नै बसेका थिए। त्यसपछि उनले अष्ट्रेलियाले मुलुकमा प्रवेशको नियम पूरा नगरेको भन्दै उनलाई रोकिएको हो।
अब जोकोभिकलाई आफ्नै मुलुक फर्काइने बीबीसीले उल्लेख गरेको छ।
यसअघि अष्ट्रेलियाले जोकोभिकलाई अष्ट्रेलियन ओपन खेल्न आउन खोप लागाएको हुनुपर्ने नियममा छूट दिने निर्णय गरेको थियो।
यद्यपि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले नियमभन्दा माथि कोही पनि नहुने बताएका थिए।
जोकोभिक मेलवर्न आइपुगेसँगै अधिकारीहरुले उनको टोलीले खोप नलगाएका मानिसलाई पनि छूट दिन सकिने प्रावधानको लागि आवेदन नदिएको भन्दै रोकेका थिए।
जोकोभिकले आफूले खोप लगाएको वा नलगाएको विषयमा केही नबताए पनि गत वर्ष उनले आफू खोपको विरोधमा रहेको बताएका थिए।
जोकोभिकका वकिलले अष्ट्रेलियाको यो निर्णयलाई उल्ट्याउन अदालतमा याचिका दायर गरेका छन्।
यद्यपि जोकोभिक तत्कालै स्वदेश फर्किन्छन् वा मुद्दाको टुङ्गो नलाग्दासम्म अष्ट्रेलियामै रहन्छन् भन्ने स्पष्ट भएको छैन।
Shares
प्रतिक्रिया