स्पेनिस कोपा डे रेअन्तर्गतको अन्तिम ३२ को बुधबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले आ–आफ्नो खेलमा जित हात पारेका छन्।
बार्सिलोनाले लिनरेस डेपोर्टिभोलाई २–१ गोल अन्तरले पराजित गरेको हो भने रियलले एल्कोयानोलाई ३–१ ले हराएको हो।
बुधबार राति भएको खेलमा बार्सिलोनाले १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जित हात पारेको हो। बार्सिलोनालाई जित दिलाउन फेरान जुटग्लाले १/१ गोल गरेका थिए।
त्यस्तै अर्को खेलमा रियललाई जित दिलाउन एडर मिलिटाओ र मार्को एसेन्सिओले १/१ गोल गरेका थिए। अर्को एक गोल आत्मघाती भएको थियो।
39
Shares
प्रतिक्रिया