एएफसी कप छनोटको दौडमा रहेको मछिन्द्र क्लबले आइतबार नेपाल पुलिस क्लबसँग खेल्दै छ।
काठमाडौँमा जारी कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा आइतबार एक खेल मात्र हुँदै छ। खेल अपराह्न पौने ५ बजे हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पुलिस क्लबलाई पराजित गर्दै मछिन्द्र क्लव एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्न चाहन्छ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको मनाङभन्दा एक खेल कम खेलेको मछिन्द्र क्लब पुलिस क्लबलाई हराउने रणनितिमा मैदान उत्रिनेछ।
आजको खेलमा मछिन्द्रले पुलिस क्लवसँग बराबरी खेलेमा पनि एएफसी कप छनोट खेल्ने सपना अधुरै रहनेछ। एएफसी छनोटका लागि मछिन्द्रलाई आजको खेल जित्नैपर्ने दबाब छ।
यसअघिको संस्करणमा लिग च्याम्पियन बने पनि एएफसी क्लब लाइसेन्स नलिएका कारण मछिन्द्रले एफसी छनोट खेल्न पाएको थिएन। मछिन्द्रको स्थानमा दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लवले देशको प्रतिनिधित्व गरेको थियो।
लिगमा अपराजित रहेको मछिन्द्र ४ खेलमा जित र २ खेलमा बराबरी गरेको थियो। मछिन्द्र सोही लयलाई निरन्तरता दिएको थियो।
एक खेलमा जित, ३ खेलमा बराबरी र २ खेलमा हार भोगेको पुलिस क्लव भने १० औँ स्थानमा छ। ६ अंक भएको पुलिस क्लव तेस्रो जित निकाल्दै अंक तालिका सुधार गर्ने दाउमा छ।
बलियो टोली मछिन्द्रलाई पराजित गर्दै पुलिस क्लव भने ३ अंकको खोजीमा दैन उत्रनेछ।
नेपाल पुलिस क्लब भने दोस्रो जित निकाल्ने दाउमा छ।
Shares

प्रतिक्रिया