कारबाहीमा परेका ४ खेलाडी नआए पनि नेपाल क्रिकेट संघ(क्यान) ले आइतबारदेखि हुने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण नरोक्ने भएको छ।
क्यानले आगामी फेब्रुअरीमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बन्द प्रशिक्षण बोलाएको थियो।
जसका लागि शनिबारसम्म बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई होटलमा रिपोर्टिङका लागि निर्देशन दिइएको थियो।
तर शनिबार साँझसम्म तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित कारबाहीमा परेका तत्कालीन उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले भने होटलमा रिपोर्टिङ पुगेका छैनन्।
खेलाडीहरु रिपोर्टिङमा नपुगेपछि आइतबार हुने बन्द प्रशिक्षण प्रभावित हुने आशंकाबीच क्यानले प्रशिक्षण नरोक्ने क्यानका एक सदस्यले नेपालखबरलाई बताए।
यसैबीच आफूहरुमाथि गरिएको कारबाही फिर्ता गर्न मागसहित नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान मल्लसहित ४ जना खेलाडीले पहिलोपल्ट क्यानमा इमेलमार्फत औपचारिक पत्र पठाएका छन्।
शनिबार होटेलमा उपस्थित नभएका यी चार खेलाडीहरुले आफूमाथिको कारबाही फिर्ता गरिपाऊँ भनी इमेलमार्फत पत्र पठाएका हुन्।
Shares

प्रतिक्रिया