खेल


उपाधि होड बलियो बनाउँदै म्यानचेस्टर सिटी, आर्सनलमाथि नाटकीय जित

उपाधि होड बलियो बनाउँदै म्यानचेस्टर सिटी, आर्सनलमाथि नाटकीय जित

नेपालखबर
पुस १७, २०७८ शनिबार २०:४८, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले आर्सनललाई हराउँदै उपाधि होड बलियो बनाएको छ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा  १-० ले पछि परेको अवस्था उल्ट्याउँदै सिटीले नाटकीय जित निकालेको हो।

सुरुबाटै बल पोसेसन आफ्नो पक्षमा राखे पनि सिटीले ३१ औँ मिनेटमा गोल खाएको थियो।

आर्सनलका युवा स्ट्राइकर ब्युकायो साकाले खेल उत्कृष्ट गोल गर्दै उपाधि होडमा अगाडि रहेको सिटीमाथि दबाब बढाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा सिटीले दोस्रो हाफमा गोल फर्कायो। खेलको ५७ औँ मिनेटमा रियाद महारजेले पेनाल्टीबाट गोल गर्दै सिटीलाई खेलमा फर्काए। 

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न असफल रहे। तर इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गरेपछि सिटीले नाटकीय जित दर्ता गरायो।

यो जितपछि सिटीले उपाधि रक्षा अभियान बलियो बनाएको छ। उसले २१ खेलबाट ५३ अकं जोडेर शीर्षता कायमै राखेको छ।

उता पराजित आर्सनलले २० खेलबाट ३५ अंक बनाउँदै लिगको चौथो स्थानमा छ। २० खेल खेलको चेल्सीको ४२ अंक छ भने १९ खेल खेलेको लिभरपुलको ४१ अंक छ। यस्तोमा दोस्रो स्थानको चेल्सीभन्दा सिटीले ११ अंकको अग्रता बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad