नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा हेभीवेट बेल्टको उपाधि चट्टानले रक्षा गरेका छन्।
बूढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगितामा हेभीवेट स्पर्धामा डेविडलाई हराउँदै चट्टानले हेभीवेट बेल्ट उपाधि जितेका हुन्।
उपाधिसँगै उनले ८० हजार रुपैयाँ जिते।
लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गर्दै ५० हजार रुपैयाँ पाए।
त्रिपल थ्रेट म्याचमा बाकाले एक्स हिरो र योङ सेडीलाई हराउदै ४५ हजार रुपैयाँ प्राप्त गरे।
लाइट वेट स्पर्धामा सिजे वल्र्डले महिला रेस्लर तनुलाई हराउँदै २५ हजार पाए।
हार्डकोर म्याचमा किङ रोबर्टले नुवाकोटे टाइगरलाई हराउँदै ६० हजार प्राप्त गरे।

72
Shares

प्रतिक्रिया