जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको खेलमा जावलाखेललाई २–१ गोलअन्तरले हराउँदै थ्रीस्टार ३ स्थान माथि पुगेकाे हाे।
थ्रीस्टारले खेलको पहिलो हाफमै २ गोलकाे अग्रता बनाएको थियाे। सातौँ मिनेटमा आयुष घलानले गोल गर्दै सुरुवाती अग्रता दिलाए। २६औँ मिनेटमा ऋतिक कुमार खड्काले यसलाई दोब्बर पारे।
पहिलो हाफमा १–० ले पछि परेको जावलाखेलले दोस्रो हाफमा सान्त्वना गोल फर्कायो। जावलाखेलका निकोलस फर्नान्डेजले ५५औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
त्यसपछि थप गोल हुन नसक्दा थ्रीस्टार लिगमा दोस्रो जित हासिल गर्न सफल भएकाे हाे।
जितसँगै थ्रीस्टारले १० अंक जोड्दै पाँचाैँ स्थानमा उक्लेकाे हाे। जावलाखेल भने ७ अंकका साथ नवौँ स्थानमा यथावत् छ।
Shares
प्रतिक्रिया