खेल


ए डिभिजन लिग: विभागीय डर्वीमा एपीएफ र आर्मी भिड्दै

ए डिभिजन लिग: विभागीय डर्वीमा एपीएफ र आर्मी भिड्दै

नेपालखबर
पुस १६, २०७८ शुक्रबार १२:५६, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदै छ। 

लिगमा शुक्रबार दुई खेल हुँदै छ। आज एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ। रेलिगेसन क्षेत्रबाट उम्केको एपीएफ आर्मीलाई बराबरीमा रोक्ने लक्ष्यमा छ।

उता आर्मी भने एपीएफलाई पराजित गर्दै एफसी कप छनोट खेल्ने सम्भावना जीवित राख्ने योजनामा छ। एपीएफले एफसी क्लब लाइसेन्स प्राप्त गरेपनि एफसी कप खेल्ने सम्भावना भने सकिसकेको छ। 

यो खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। 

आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी)सँग खेल्नेछ। फ्रेन्ड्स रेलिगेसन जोन छाड्न संघर्ष गर्नेछ। 

लिगको सातौँ चरणमा एफसी कप छनोट खेल्ने टोलीको टुङ्गो लाग्नेछ। 

छैटौँ चरणको समाप्तिसम्म मछिन्द्र फुटबल क्लब १४ अंकमा शीर्ष स्थानमा छ। मनाङ मर्स्याङ्दी क्लब १३ अंकमा दोस्रो र त्रिभुवन आर्मी फुटबल क्लब १० अंकमा तालिकाको चौथो स्थानमा छ। 

सातौँ चरणमा मनाङले घरेलु मैदान मानेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ। मछिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad