म्यानचेस्टर सिटीका खेलाडी जोआओ क्यानसेलो घरमा आएका डाँकाहरुसँग लड्ने क्रममा घाइते भएका छन्।
२८ वर्षीय क्यानसेलले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो घरमा आएका डाँकाहरुलाई रोक्ने क्रममा घाइते भएको जानकारी दिएका छन्।
‘दुर्भाग्यपूर्ण तरिकाले आज मलाई चार कायरहरुले आक्रमण गरे। उनीहरु मलाई र मेरो परिवारलाई पनि नोक्सानी पुर्याउन चाहन्थे’, उनले लेखेका छन्।
क्यान्सिनोले उनीहरुलाई रोक्दा आफ्नो यस्तो हालत भएको भन्दै अनुहारभरि चोट लागेको तस्वीर राखेका छन्। घरका सबै गहना डाँकाहरुले लुटेर लगेको उनको भनाइ छ।
उनले आफूले जीवनमा धेरै समस्याको सामना गरेको र यो चोट पनि छिटै नै भरिने उल्लेख गरेका छन्। यद्यपि आफ्नो परिवार भने सुरक्षित रहेको उनले बताएका छन्।
99
Shares

प्रतिक्रिया