इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि १–० को महत्वपूर्ण जित हात पारेको छ।
यस वर्षको उपाधिको दौडमा रहेको सिटीले दोस्रो स्थानमा रहेको चेल्सीसँगको अंकको दूरी ८ अंकमा पुर्याएको हो।
बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउन फिल फोडेनले १६ औं मिनेटमा निर्णायक गोल गरे।
यससँगै पेप ग्वार्डिओलाको टोलीले लिगमा २० खेलबाट ५० अंक हात पारेको छ।
21
Shares
प्रतिक्रिया