ad ad

खेल


एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार

फाइल फाेटाे


नेपालखबर
पुस १४, २०७८ बुधबार १८:५०, काठमाडौँ

सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो। 

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको पहलमा मन्त्रिपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको हो।

नेपाली टिमको जितले गौरव र खुसीको अनुभुति भएको उल्लेख गर्दै मन्त्री गहतराजले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रिपरिषदको बैठकमा लगेका थिए।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो। साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि युवा तथा खेलकुदमन्त्री गहतराजले खुसी ब्यक्त गर्दै बधाई समेत दिएका थिए।

उपाधि विजेता नेपाली टिम भोली (बिहिबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .