इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा साउथाम्टन र टोटनह्याम हट्सपरले १–१ को बराबरी खेलेका छन्।
खेलको २५ औं मिनेटमा साउथाम्टनका जेम्स वार्ड–प्रोवसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ३९ औं मिनेटमा साउथाम्टनका मोहम्मद सालिसुले टोटनह्याकका हेयुङ मिनलाई फाउल गरे र रातो कार्ड पाए।
साथै उनले विपक्षी टोलीलाई पेनान्टीको अवसर पनि दिए। सोही पेनाल्टीमा टोटनह्यामका ह्यारी केनले बराबरी गोल फर्काए।
त्यसपछि भने खेलमा थप गोल हुन सकेन। यससँगै टोटनह्याम १७ खेलबाट ३० अंक जोड्दै लिगको छैटौं स्थानमा छ।
साउथाम्टन भने १९ खेलबाट २१ अंक जोड्दै लिगको १३ औं स्थानमा उक्लिएको छ।
24
Shares
प्रतिक्रिया