इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुल लेस्टर सिटीसँग पराजित भएको छ।
लेस्टर सिटीसँग १–० ले पराजित हुँदै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दूरी घटाउने मौका गुमाएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेस्टर सिटीका एडेमोला लूकमेनले निर्णायक गोल गर्दै टोलीलाई जिताएका थिए।
खेलको १५ औं मिनेटमा लिभरपुलले पेनाल्टी पाए पनि मोहम्मद सलाहले त्यसलाई गोलमा परिणत गर्न भने सकेनन्।
त्यस्तै साडियो मानेले पनि गोल गर्नको लागि पाएको राम्रो दुई अवसर खेर फाले।
यससँगै लिभरपुल लिगमा दोस्रो स्थानमा यथावत छ।
उसले १९ खेलबाट ४१ अंक हात पारेको छ। लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले समान खेलबाट ४७ अंक हात पारेको छ।
51
Shares
प्रतिक्रिया