ad ad

खेल


टेनिसमा हारेपछि कमल थापा भन्छन् : हारजित सामान्य र स्वभाविक हो

टेनिसमा हारेपछि कमल थापा भन्छन् : हारजित सामान्य र स्वभाविक हो

नेपालखबर
पुस १३, २०७८ मंगलबार १४:५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा नेपालका भेट्रान टेनिस खेलाडी पनि हुन्। 

उनले नेपालमा हुने राष्ट्रियस्तरका टेनिस प्रतियोगितामा भ्याएसम्म भाग लिन्छन्। 

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हारेपछि उनले आफूविरुद्ध निर्मल निवासबाट पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगी लागेको आरोप लगाएका थिए। 

तर मंगलबार पोखरामा भएको  '१८औँ माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता' मा पराजित भएपछि उनै थापाले हारजितलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्। 

उनी प्रतियोगिताको ५५ वर्ष समूहको सेमिफाइनलमा मंगलबार पूर्व राष्ट्रिय च्याम्पियन कृष्ण घलेसँग पराजित भएका हुन्। 

'पोखरामा आज भएको '१८औँ माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता'को ५५ वपर्ष समूहको सेमिफाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन कृष्ण घलेसँग हारेँ', उनले भनेकाछन्, 'कृष्णलाई बधाई! स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हो।'

थापाले सिंगलतर्फ पराजित भए पनि आजै डबल्सको सेमिफाइनल खेल्न बाँकी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .