ad ad

खेल


राप्रपा अध्यक्षमा हारेका कमल थापाको टेनिसमा दोहोरो जित

राप्रपा अध्यक्षमा हारेका कमल थापाको टेनिसमा दोहोरो जित

वाशुदेव मिश्र
पुस १३, २०७८ मंगलबार ६:५४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीमा निवर्तमान अध्यक्ष कमल थापाको अर्को परिचय हो–टेनिस खेलाडी । राजनीतिका ‘चतुर’खेलाडी नेपालदेखि भारतसम्म हुने लङटेनिस प्रतियोगितामा सामेल हुन्छन् ।

त्यसो त उनी फुटबल खेलाडीसमेत हुन्। उनी एन्फाको अध्यक्ष पनि भएका थिए। उमेर उकालो लागेसँगै उनी लङ टेनिसतर्फ तानिएका हुन् । लङटेनिसका भेट्रान कमलले मैदानमा हार र जित दुवै व्यहोरेका छन् ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न एकता महाधिवेशनमा आफूभन्दा कनिष्ठ राजेन्द्र लिङ्देनसँग पराजित भए । लिङदेनले १ हजार ८४४ मत पाउँदा थापाको पक्षमा १ हजार ६१७ मतमात्रै आयो ।

पराजयलगत्तै थापाले लिङ्देनलाई बधाई त दिए तर आफ्नो हारको कारक पूर्वराजा ज्ञानेन्द्र भएको सार्वजनिक अभिव्यक्ति दिए र अझै पनि दिँदैछन्।

थापाको त्यो अभिव्यक्तिले उनीमाथि असहिष्णु र पराजय स्वीकार्न नसक्ने व्यक्तिको आरोप पनि लागेको छ। राप्रपाको हारको पीडा नसकिँदै पोखरामा लङ टेनिस नै खेल्न आएका थापाले यता भने २ खेलमा जित निकालेका छन् ।  

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा कमल थापाले एकैदिन दोहोरो जित निकालेका हुन्।

उनले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवैमा जित हात पारे ।

सिंगल तर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले ।

सोही उमेर समूहको डबल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले विदुर बिष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .