इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र न्युकास्टल युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन्।
खेलको ७ औं मिनेटमा नै न्युकास्टलका एलान सेन्ट–म्याक्सिमिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यद्यपि खेलको ७१ औं मिनेटमा एडिसन काभानीले म्यानचेस्टर युनाइटेडका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
त्यसपछि खेलमा थप गोल हुन सकेन। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रंगनिकले आफ्नो टोलीको प्रदर्शन राम्रो रहन नसकेको प्रतिक्रिया दिए।
रंगनिकले केही समय मात्र आफ्नो टोलीले खेललाई आफ्नो नियन्त्रणमा लिएको प्रतिक्रिया दिए। उनले आफूलाई टोलीको प्रदर्शन कति पनि मन नपरेको बताए।
यससँगै लिगमा म्यानचेस्टर युनाइटेडले १७ खेलबाट २८ अंक जोडेको छ।
अझै पनि युनाइटेड चौथो स्थानमा रहेको आर्सनलभन्दा ७ अंकले पछाडि छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले भने ४७ अंक हात पारेको छ।
Shares
प्रतिक्रिया