ad ad

खेल


‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु

‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु

नेपालखबर
पुस १२, २०७८ सोमबार १७:४२, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा  ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको
छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामग्री हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरे।

सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो। उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा सञ्चालन हुनेछ।

फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ।

प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .