नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी एशियन सेन्ट्रल जोन भलिबलमा अपराजित यात्रा कायम गरेको छ।
शनिबार भएको खेलमा आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो।
नेपालले घरेलु टोलीलाई २५–५, २५–१५ र २५–१७ ले पराजित गर्दै एक पक्षीय जित हात पारेको हो।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ ले तथा दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
महिलातर्फ आयोजक बंगलादेश, कीर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ देशको सहभागिता छ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन्। तेस्रो र चौथो टोलीले कास्य पदकका लागि खेल्नेछन्।
उपाधि भिडन्त २९ डिसेम्बरमा हुनेछ ।
पुरुषतर्फ नेपालले आज नै श्रीलङ्कासँग खेल्नेछ।
Shares

प्रतिक्रिया